१३ असार २०८३, शनिबार
कार्यपालिका-व्यबस्थापिका टकराव

सभामुखले बोलाएको बैठकमा ओली सहभागी नहुने, पत्रप्रति नै बालुवाटारको असहमति

सभामुखले बोलाएको बैठकमा ओली सहभागी नहुने, पत्रप्रति नै बालुवाटारको असहमति

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको सम्बन्धमा छलफल गर्न सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् ।

सभामुख सापकोटाले शुक्रवार दिउँसो संसद भवन नयाँ बानेश्वरमा पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गरेका राजनीतिक दलका नेतालाई बैठकमा बोलाएका छन् । 

सभामुखले प्रधानमन्त्री ओलीलाई पत्र पठाएर बैठकमा सहभागिता जनाउन आग्रह गरेका थिए । 

‘सभामुखज्यूले प्रधानमन्त्रीलाई पत्र पठाएर बैठकमा सहभागी हुन आग्रह गर्नुभएको रहेछ तर सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन सम्बन्धी विषय विचाराधीन रहेको समयमा त्यस्तो बैठकमा प्रधानमन्त्रीज्यू सहभागी हुनुहुन्न,’ एमालेका एक शीर्ष नेताले लोकान्तरसँग भने । 

प्रधानमन्त्रीसँग परामर्श नगरी त्यस्तो बैठक राखिएकोमा बालुवाटारको असन्तुष्टि देखिएको छ । ‘विगतमा पनि यस्ता सर्वदलीय बैठक राख्दा प्रधानमन्त्रीसँग परामर्श गरेर मात्र राखिन्थ्यो, एउटा पत्रको भरमा बैठकमा सहभागी हुने कुरा आउँदैन,’ ती नेताले भने । 

सभामुख सापकोटाले दिउँसो २ बजे सर्वदलीय बैठक बोलाएका सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । यसअघि उनले पूर्व सभामुख र संविधानविद्हरूसँग परामर्श गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्