१९ असार २०८३, शुक्रबार

तृणमूलबाट भाजपामा आएका मुकुल फेरि तृणमूलमा फर्कन खोज्दै

जेठ २८, २०७८
तृणमूलबाट भाजपामा आएका मुकुल फेरि तृणमूलमा फर्कन खोज्दै

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको निकटतम सहयोगी रहेका मुकुल रोय निकै तामझामका साथ भारतीय जनता पार्टी प्रवेश गरेका थिए तर उनी फेरि तृणमूल कांग्रेसमा फर्कने भएका छन् । 

उनका छोरा शुभ्रांशु पनि उनीसँगै जाने बताइएको छ । 

मुकुलले शुक्रवार ममतालाई तृणमूलको केन्द्रीय कार्यालयमा भेटघाट गर्न खोजेका छन् । 

उक्त बैठकमा ममताका भतिजा अभिषेक बनर्जी पनि रहनेछन् । 

अभिषेकले हालैको दिनमा मुकुल रोयकी बिरामी पत्नीलाई अस्पतालमा भेटेपछि उनीहरूबीचको सम्बन्ध न्यानो बनेको बताइएको थियो । मुकुल रोय मंगलवार राज्यको भाजपा नेतृत्वले बोलाएको बैठकमा पनि अनुपस्थित रहे । 

सन् २०१७ मा तृणमूल परित्याग गरेका मुकुललाई पश्चिम बंगाल विधानसभा निर्वाचनको पूर्वसन्ध्यामा भाजपाको राष्ट्रिय उपाध्यक्ष नियुक्त गरिएको थियो । 

उनी अभिषेक बनर्जीसँग झगडा गरेर तृणमूलबाट बाहिरिएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्