०५ असार २०८३, शुक्रबार

दाङ गोलीकाण्ड-  पटनाबाट किनेर ल्याएका थिए पेस्तोल

दाङ गोलीकाण्ड-  पटनाबाट किनेर ल्याएका थिए पेस्तोल

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ टिकरी निवासी पुर्ण वलीले पेस्तोल भारतबाट ल्याएको प्रहरी समक्ष बयान दिएका छन । बयानका क्रममा वलीले तीन महिना अघि भारतको पटनाबाट ४० हजार भारतीय रुपैयाँमा खरिद गरेर ल्याएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए।

‘पेस्तोलको बाहिरी साइडमा केहि पनि लेखेको छैन । त्यसैले भारतीय लोकल बजारमा बनेको होम मेड पेस्तोल हो,’ डिएसपी सिंहले थपे– ‘कम्पनीले बनाएको भए नाम लेखेको हुने थियो ।’

तुलसीपुर उपमहानगरपालिका वडा ९ निबासी २४ बर्षका अमिन मिलन केसीलाई गोली हानेको आरोपमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ टिकरी निवासी २४ बर्षका पुर्ण वली र २१ बर्षका आकाश चौधरी पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो ।

अश्वाराको गनारी कुलामा जग्गा नापजाँच गर्न पुगेका केसीलाई गोली हानेको आरोपमा पेस्तोल, ६ राउण्ड गोली र एउटा खोका सहित दुवैजना पक्राउ परेका थिए । ओलीले कुलोपानी बिबादमा आफ्नो जग्गा छाडेर नया कुलो खन्न अमिन मिलन केसिलाई भनेकोमा उनले नमानेपछि केसिलाइ लक्षित गरेर गोलि चलाएका हुन ।

salt training

कमेन्ट गर्नुहोस्