३१ जेठ २०८३, आइतबार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

कञ्चनपुरमा १९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  बेदकोट नगरपालिका-६ ओदाखाली बस्ने २३ वर्षीय धन बहादुर बिकलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
धन बहादुर र बेदकोट नगरपालिका-५ बिचफाटा बस्ने २४ वर्षीय सिप्पु खुनाले ती महिलालाई बिहीबार साँझ ललाई फकाई घरबाट स्थानीय नर्सरीमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले धन बहादुरलाई पक्राउ गरेको हो । 
हाल फरार सिप्पु खुनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्