०४ असार २०८३, बिहीबार

नराेत्तम वैद्यकाे अभिव्यक्तिप्रती कांग्रेस नेताहरूकै विराेध र आपत्ती, माफी मागेर फिर्ता लिन निर्देशन

नराेत्तम वैद्यकाे अभिव्यक्तिप्रती कांग्रेस नेताहरूकै विराेध र आपत्ती, माफी मागेर फिर्ता लिन निर्देशन

बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यको अभिव्यक्तिप्रति नेपाली कांग्रेसका नेताहरूबाटै विरोध भएको छ ।

कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन नपाइने बताएका छन् । 

उनले एक ट्वीट गर्दै आवेगको बोली र व्यवहार 'भावनात्मक उत्तेजना' भनेर उन्मुक्ति नहुने समेत बताएका छन् ।

उनले भनेका छन्,शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ ।

पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका नेता गगन थापाले बाग्मती प्रदेश सांसद नरोत्तम वैद्यले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै त्यो कसैलाई पनि स्विकार्य नहुने बताएका छन् । 

उनले शनिवार एक ट्वीट गर्दै अभिव्यक्ति फिर्ता लिनको लागि आग्रह गरेका छन् । 

अहिंसात्मक राजनीतिमा विश्वास गर्ने कांग्रेसमा संंघर्षमा मात्र हैन आलोचनामा पनि हिंसालाई कुनै स्थान नहुने उनले बताएका छन् । 

शुक्रवार बागमती प्रदेश सभामा बाेल्ने क्रममा वैद्यले गान्धी जस्तै प्रमकाे हत्या गर्नुपर्ने आसयको अभिव्यक्ति दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्