०१ साउन २०८३, शुक्रबार

‘नाथुराम गोड्से’ बन्न खोजेका कांग्रेस सांसद वैद्यले प्रदेशसभा बैठकमा गरे आत्मालोचना

‘नाथुराम गोड्से’ बन्न खोजेका कांग्रेस सांसद वैद्यले प्रदेशसभा बैठकमा गरे आत्मालोचना

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले बागमती प्रदेशसभा बैठकमा आत्मालोचना गरेका छन् ।

शनिवारको प्रदेशसभा बैठकको शुरूमा बोल्दै सांसद वैद्यले शुक्रबार बोलेको कुराप्रति आत्मालोचना गरेका छन् ।

उनले बैठकमा भने, ‘मैले बोलेको कुराले सामाजिक सञ्जालमा क्रियाप्रतिक्रिया धेरै भयो, आफूलाई लागेको कुरा संसदमा निर्धक्क बोल्न पाउने । पूर्ण वाक् स्वतन्त्रता हुने । मुद्दामामिला कहीँकतै मुद्दामामिला, कारवाही नहुने प्रावधान भएको । सार्वभौम संसदमा आफूलाई लागेको कुरा दिल खोलेर बोल्न पाइन्छ । दिल खोलेर आफ्नो विचार राख्ने सिलसिलामा भाइरल भएको अवस्थामा मेरो पार्टीको समेत ध्यान आकर्षण भएको छ । पार्टीले आत्मालोचना गर्न निर्देशन दिएकाले आत्मालोचना गरेको छु । प्रधानमन्त्रीज्यूप्रति मेरो व्यक्तिगत रिसइबीको कुरा होइन । मैले असाध्यै आवेगमा आएर आवश्यकताभन्दा बढी नै स्वतन्त्रता उपभोग गरेको अनुभुति भयो । आफ्नो अभिव्यक्ति फिर्ता लिँदै रेकर्डबाट हटाउन अनुरोध गर्दछु ।’

शुक्रवारको प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले देश खाइदिने भएकाले आफू नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । सांसद वैद्यले स्पष्टीकरण दिन समय माग गरेकाले शनिवारको बैठकको शुरूमै बोल्न दिइएको थियो ।

नाथुराम गोड्सेले भारतमा महात्मा गान्धीको हत्या गरेका छन् । सांसद वैद्यले आफूले पनि प्रधानमन्त्री ओलीको हत्या गर्ने आशयको अभिव्यक्ति दिएपछि सर्वत्र विरोध भइरहेको छ ।

सांसद वैद्यलाई कारवाही हुनुपर्ने माग भइरहेका बेला उनले प्रदेशसभा बैठकमा माफी मागेका छन् ।

नेपालको संविधान अनुसार प्रदेशसभा बैठकमा बोलेको अभिव्यक्तिका आधारमा सांसदलाई पक्राउ गर्न र अदालतमा मुद्दा चलाउन पाइँदैन । नेपालको संविधानको धारा १८७(१) मा लेखिएको छ, ‘यस संविधानको अधीनमा रही प्रदेश सभामा पूर्ण वाक् स्वतन्त्रता रहनेछ र प्रदेश सभामा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर कुनै पनि सदस्यलाई पक्राउ गर्ने, थुनामा राख्ने वा निज उपर कुनै अदालतमा कारबाही चलाइने छैन ।’

salt training

कमेन्ट गर्नुहोस्