१५ असार २०८३, सोमबार
कोरोना अपडेट

पछिल्लो २४ घन्टामा ३ हजार ३८४ संक्रमित थपिए, ६१ संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा ३ हजार ३८४ संक्रमित थपिए, ६१ संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा ३ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

१४ हजार ४९४ पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सो संख्यामा संक्रमण पाइएको शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यससँगै हालसम्म मुलुकभर ६ लाख २६ हजार ५३५ जनामा कोरोना संक्रमण भएको छ । जसमध्ये हालसम्म ५ लाख २७ हजार १११ जना संक्रमित निको भइसकेका छन् । 

शनिवार मात्रै ६ हजार २९५ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । 

यस दिन ६१ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ३६६ पुगेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्