
गोरु काटेका अभियोगमा बागलुङको गलकोट नगरपालिका–११ ठुलपोखरका १० युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गलकोट–११ ठुलपोखरीका ३१ वर्षीय बिष्णु श्रीष, ३६ वर्षीय लालबहादुर श्रीष, ३२ वर्षीय मोहन श्रीष, ३८ वर्षीय तुलबहादुर श्रीष र ३० वर्षीय यमबहादुर श्रीष छन् ।
यसैगरी, ३५ वर्षीय टंक सुनार, २६ वर्षीय मनोज श्रीष, ४१ वर्षीय झम काउच, २८ वर्षीय बलबहादुर विक र ४४ वर्षीय वेलबहादुर श्रीष छन् ।
शुक्रवार राति गलकोट–११ ठुलपोखरी भन्ने स्थानमा गोरु काटेर मासु खाएको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शनिवार उनीहरूलाई जिल्ला सदरमुकाम झिकाइएको कार्यालयका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।