
काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित सडकमा पैदल हिँडिरहेकी २८ वर्षीया महिलाको पौने एक तोलाको सुनको सिक्री लुटपाट गरेको अभियोगमा काठमाडौं पकनाजोल बस्ने प्युठान झिमरुक गाउँपालिका-१ घर भएका २८ वर्षीय नविन थापालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
थापाले सुनको सिक्री लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ चमती बिनायक बस्तीबाट उनलाई उक्त सिक्री सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।