
नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले पार्टीले क्रियाशील सदस्यता टुङ्ग्याएर महाधिबेशनमा लाग्नुपर्ने बताएका छन् । नेपाल तरुण दल अर्घाखाँची पाणिनी काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको ‘नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा तरुण विद्यार्थीको भूमिका विषयक भर्जुअलकार्यक्रममा’ उनले मतदाता नामावली छिटोतय गरी महाधिवेशनमा लाग्नुपर्छ भने ।
पार्टीका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले पार्टीको विधानअनुसार पार्टी सञ्चालन भएको भए काँग्रेसभित्र अहिलेको समस्या नआउने बताए ।