१० साउन २०८३, आइतबार

युरोकप : बेल्जियमको शानदार शुरूवात, रुसले हार्‍यो

जेठ ३०, २०७८
युरोकप : बेल्जियमको शानदार शुरूवात, रुसले हार्‍यो

बेल्जियमले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी शुरूवात गरेको छ ।

शनिवार राति भएको खेलमा घरेलु टिम रुसलाई ३-० गोल अन्तरले पराजित गर्दै बेल्जियमले सुखद शुरूवात गरेको हो ।

सेन्ट पिटर्सवर्गमा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गरे ।  यस्तै थोमस मुनिएरको नाममा एक गोल रह्यो   ।

गोलपछि लुकाकुले आफ्नो गोल खेल दौरान हृदयघात भएर अस्पताल भर्ना भएका इन्टर मिलानका सहकर्मी तथा डेनमार्कका क्रिस्टियन एरिक्सनलाई समर्पण गरे ।

फिनल्याण्डविरुद्धको खेल दौरान अचेत भएका एरिक्सन खतरामुक्त रहेको बताईएको छ  ।

जितसँगै बेल्जियमले युरोकपको पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।

समूह 'बी' मा रहेको बेल्जियम शीर्ष स्थानमा रहेको छ ।

रुसले भने हारबाट प्रतियोगिताको शुरुवात गरेको छ । रुस पुछारमा रहेको छ ।

यस समूहमा ३ अंक जोडेको फिनल्याण्ड दोस्रो स्थानमा रहेको छ ।

डेनमार्क अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्