१४ असार २०८३, आइतबार

अचानक मैदानमा ढलेका एरिक्सनको अवस्था स्थिर

जेठ ३०, २०७८
अचानक मैदानमा ढलेका एरिक्सनको अवस्था स्थिर

डेनमार्डका मिडफिल्डर क्रिष्टियन एरिक्सनको अवस्था स्थिर रहेको जानकारी गराइएको छ । युरोकप अन्तरगत समूह चरणको खेलमा एकाएक मैदानमा आफै ढल्न पुगेका उनको अवस्था स्थिर रहेको जानकारी अस्पतालले दिएको हो ।
ग्रुपबी अत्त्रगत डेनमार्क र फिनल्याण्डबीचको खेलका क्रममा ४२ औं मिनेटमा उनी एकाएक मैदानमा ढल्न पुगेका थिए । त्यसपछि उनलाई मैदानमै सामान्य उपचारपछि अस्पताल लगिएको थियो ।
युरोपियन फुटबल महासंघले पनि इरिक्सनको अवस्था स्थिर रहेको जानकारी दिएको छ । डेनिस फुटबल एसोसिएसनले पनि उनको होस रहेको र आवश्यक परीक्षणहरु चलिरहेको जनाएको छ ।
घटनापछि रद्ध भएको खेल पछि फेरि भएको थियो । जसमा फिनल्याण्ड १–० ले विजयी भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्