११ साउन २०८३, सोमबार

बाँदरले इलेक्ट्रिक शेवरबाट दाह्री काटेपछि ... (भिडियो सहित)

कात्तिक २०, २०७४
बाँदरले इलेक्ट्रिक शेवरबाट दाह्री काटेपछि ... (भिडियो सहित)

सामाजिक सञ्जालमा अनेकौं रमाइला क्रियाकलाप भइरहेका हुन्छन् । हालै एक बाँदरले इलेक्ट्रिक शेवरको प्रयोग गरेर दाह्री कटाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।


यो भिडियोमा एक स्टाइलिश बाँदर कार्टून क्यारेक्टर भएको जुत्ता र रातो टीशर्ट लगाएर दाह्री कटाइरहेको देख्न सकिन्छ ।

इन्स्टाग्रामको ब्याडयास अफिसियल पेजमा भिडियो अपलोड गरिएको छ । आधी मिनेटको भिडियोमा घरपालुवा बाँदरलाई उसको मालिकले बाथरूममा दाह्री काटिरहेको देखिन्छ ।

बाथरूमको भुइँमा उभिएको बाँदर मान्छेले जस्तै कपडा र जुत्ता लगाइरहेको भेटिन्छ ।


शुरुमा बाँदरको देब्रे गालामा दाह्री काटेको देखिन्छ अनि ऊ पनि सञ्चो मानेर कटाइरहेको छ । उसको सैनिक स्टाइलको कपाल कटाइ पनि रमाइलो देखिन्छ ।

हेरौं भिडियो : 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्