१५ असार २०८३, सोमबार

बाहिर गएर काम गर्नका लागि सर्वोत्कृष्ट मुलुकहरूको सूची जारी, अमेरिका शीर्ष १० मा परेन

जेठ ३०, २०७८
बाहिर गएर काम गर्नका लागि सर्वोत्कृष्ट मुलुकहरूको सूची जारी, अमेरिका शीर्ष १० मा परेन

आफ्नो देशबाहिर गएर जीवन बिताउन र काम गर्नका लागि सर्वोत्कृष्ट देशहरूको सूची प्रकाशित भएको छ । 
 

ब्लूमबर्गमा प्रकाशित समाचारअनुसार, ताइवान, मेक्सिको र कोस्टारिका शीर्ष तीन स्थानमा छन् । जीवनयापनको खर्च, बसोबासको सहजता तथा उच्च जीवनस्तरका आधारमा मूल्यांकन गरिएको हो । 

कुल ५९ देशको सूचीमा अमेरिका ३४औं स्थानमा परेको छ । अमेरिकामा जीवनस्तरका विषयमा एक्सप्याटहरूको धारणा सोचेको जस्तो सकारात्मक नदेखिएको सर्वेक्षण प्रतिवेदनमा देखिएको हो । 

जर्मनीको म्युनिखमा रहेको एक्सप्याटहरूको संस्था इन्टरनेसन्सले १२ हजार ४२० जनामा गराएको सर्वेक्षणमा ताइवान लगातार तेस्रो वर्ष शीर्ष स्थानमा रहेको हो । 

ताइवानको स्वास्थ्य सेवा र उच्च जीवनस्तरलाई उनीहरूले सराहना गरेका हुन् । त्यहाँको सेवासुविधालाई ९६ प्रतिशत सहभागीले सकारात्मक मानेका छन् । अन्य ठाउँका लागि ७१ प्रतिशत मत आयो ।

ताइवानमा रोजगारी सुरक्षाबाट आफूहरू सन्तुष्ट रहेको र अन्य क्षेत्रको भन्दा स्थानीय अर्थतन्त्र राम्रो रहेको उनीहरूको धारणा छ । 

शीर्ष १० स्थानमा रहेका मुलुक यी हुन्:
१ ताइवान
२ मेक्सिको
३ कोस्टारिका
४ मलेसिया
५ पोर्चुगल
६ न्युजील्यान्ड
७ अस्ट्रेलिया
८ इक्वेडर
९ क्यानडा
१० भियतनाम

तल्लो स्थानमा रहेका १० मुलुक यी हुन्:
५९ कुवेत
५८ इटली
५७ दक्षिण अफ्रिका
५६ रुस
५५ इजिप्ट
५४ जापान
५३ साइप्रस
५२ टर्की
५१ भारत
५० माल्टा
 

salt training

कमेन्ट गर्नुहोस्