२३ असार २०८३, मंगलबार

भारतको केन्द्र सरकारले कोरोनाका रूपमा जैविक हतियार बनाएको भन्ने महिलामाथि देशद्रोहको उजुरी

जेठ ३०, २०७८
भारतको केन्द्र सरकारले कोरोनाका रूपमा जैविक हतियार बनाएको भन्ने महिलामाथि देशद्रोहको उजुरी

टीभीमा प्रत्यक्ष प्रसारणका क्रममा उत्तेजक बयान दिने फिल्म निर्माता तथा अभिनेत्री आइशा सुल्तानाका विरुद्ध देशद्रोहको उजुरी दायर गरिएको छ । 
 

सुल्तानाले लक्षद्वीपका अधिकारीहरू कोभिड–१९ को व्यवस्थापनमा चुकेको भनी आरोप लगाएकी थिइन् । 

केन्द्र सरकारले जैविक हतियार प्रयोग गरेको हो भनी म स्पष्टसँग भन्न सक्छु,’ सुल्तानाले लक्षद्वीपमा कोरोनाका केस बढेको विषयमा बताइन् । 

लगत्तै लक्षद्वीप भाजपा प्रमुख अब्दुल कादेर हाजीले प्रहरीसमक्ष उजुरी दायर गरे । सुल्तानाले केन्द्र सरकार तथा लक्षद्वीपका जनताको देशप्रेमी छविलाई धूमिल बनाउन खोजेको आरोप उनले लगाए । 

प्रहरीले देशद्रोह र घृणास्पद अभिव्यक्तिको उजुरी दर्ता गरेको छ । 
 

सुल्तानाले भारतको अपमान गरेको भनी भाजपाका राष्ट्रिय उपाध्यक्ष एपी अब्दुलकुट्टीले आरोप लगाए । 

यसरी उजुरी दायर गरिएपछि भाजपाकै कार्यकर्ता र विपक्षी दलहरूले आलोचना गरेका छन् । भाजपाका केही स्थानीय नेताहरूले राजीनामा समेत दिएका छन् । 
 

सुल्तानाले पछि आफ्नो आलोचना लक्षद्वीपका शीर्ष अधिकारी प्रफुल खोदा पटेलप्रति लक्षित रहेको बताइन् । बेलायती उपनिवेशबाट लक्षद्वीपले पाएको स्वतन्त्रतालाई पटेलले हस्तक्षेप गरेको उनको भनाइ छ । 
 

लक्षद्वीपमा क्वारेन्टीनको नियम खुकुलो बनाउने र विकासका गतिविधि गर्ने योजना ल्याइएपछि ठूला विरोध गरिँदैछन् । सुल्तानाका अनुसार, यी भयानक परिवर्तनहरूले लक्षद्वीपको परम्परालाई हानि गर्नेछन् । 
 

लक्षद्वीपमा मुसलमानहरूको बहुलता छ । 
 

salt training

कमेन्ट गर्नुहोस्