१० साउन २०८३, आइतबार

यहाँ भेटियो एक अर्ब ८० करोड रुपैयाँ, खर्च गर्न मिल्दैन

कात्तिक २०, २०७४
यहाँ भेटियो एक अर्ब ८० करोड रुपैयाँ, खर्च गर्न मिल्दैन

बाटोमा एउटा नोट भेटियो भने पनि उठाउन मन लागिहाल्छ । अनि सडकमा अर्ब रुपैयाँ नै भेटियो भने नि ?
केही दिनअघि रुसको सेन्ट पिटर्सबर्गमा एक समूहले दलदल भएको उजाड ठाउँमा एक अर्ब रुबल भेटे ।


नेपाली मुद्राअनुसार यसको मूल्य एक अर्ब ८० करोड रुपैयाँ हुन आउँछ । नोट भेटेका मानिसलाई यो खर्च गर्ने अनुमति छैन ।

पूर्व सोभियत संघमा चलनमा रहेका यी नोट अहिले चल्दैनन् ।

राजधानी मस्कोभन्दा करीब १६० किलोमिटर पर भ्लादिमिर क्षेत्रमा यी नोटहरू भेटिएका थिए । यहाँ पुरानो खदान थियो र सोभियत कालमा यहाँ मिसाइल राखिन्थ्यो । खोजी समूहले यहाँ पैसा लुकाएर राखिएको थाहा पाएपछि खोज्न शुरु गरेको थियो ।

यो जानकारी आएपछि सञ्चारमाध्यममा खुबै चर्चा भयो । सन् १९६१ देखि १९९१ का बीचमा जारी गरिएका यी नोटको अहिले कुनै मूल्य छैन ।

बाढी आएर पैसा बगाउँदै यो खदानमा पुगेको हुनसक्ने अनुमान गरिएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्