०५ असार २०८३, शुक्रबार

आफ्नो बिहे आफैंसँग : महिलाहरूमा बढ्दो चलन

कात्तिक २०, २०७४
आफ्नो बिहे आफैंसँग : महिलाहरूमा बढ्दो चलन

संसारका सबै देशमा बिहेको परम्परा छ । विवाह निकै पुरानो प्रचलन हो । पारम्परिक विवाहमा एक महिला र पुरुष बन्धनमा बाँधिन्छन् ।


अहिले त समलैंगिक विवाहको पनि प्रचलन बढ्दो छ । तर यसअतिरिक्त पनि अर्को खालको बिहे आजकल खुबै भइरहेको छ पश्चिमी मुलुकहरूमा ।

धेरै महिलाहरूले आफैंसँग विवाह गर्न थालेका छन् । यसलाई अंग्रेजीमा सोलोगेमी भनिन्छ । यसमा व्यक्तिले आफैंसँग विवाह गर्छ, आफैंसँग वफादारी गर्ने र प्रेम निर्वाह गर्ने कसम खान्छ ।

सोफी टेनर अहिले ३८ वर्षकी भइन् । उनले विवाह गरेको पनि दुई वर्ष बितिसक्यो । सन् २०१५ मा उनले विवाह गर्दा उनी मिडियामा छाइन् किनकि उनले आफैंसँग बिहे गरेकी थिइन् । उनले सोलोगेमीका बारेमा किताब पनि लेखेकी छन् र यस क्रममा लामै अनुसन्धान गरेकी छन् ।

त्यस्तै, अमरिकाको न्यु योर्कमा बस्ने ३७ वर्षीया एरिका एन्डरसनले पनि आफैंसँग विवाह गरेकी छन् । पहिला विश्वविद्यालयमा सँगै पढ्ने ब्याईफ्रेन्डसँग विवाह गरेकी एरिकाको बिहे डिभोर्समा टुंगिएपछि एरिका आफैंसँग प्रेम गर्न थालिन् र बिहे गर्ने निर्णय गरिन् ।

विज्ञहरूका अनुसार समाजमा दिनदिनै पारपाचुकेका घटना बढ्दै जाँदा मानिसहरूमा विवाहप्रतिको उत्साह कम हुँदै गइरहेको छ । बेलायतमा त केही वर्षयता सबै विवाहमध्ये ४२ प्रतिशत डिभोर्समै गएर टुंगिएको आँकडा छ ।

अमेरिकामा ५३ प्रतिशत, बेल्जियममा ७० प्रतिशत र अन्य प्रमुख युरोपेली मुलुकमा ६० प्रतिशत विवाह डिभोर्समा टुंगिन्छ ।

डिभोर्सको प्रक्रिया जटिल र खर्चिलो हुने हुनाले आजकलका युवा विवाहमा विश्वास गर्न छोडेका छन् । यसको साटो उनीहरू आफैंसँग विवाह गरेर एक्लै बस्न थालेका छन् ।

आलोचकहरूले चाहिँ यो आत्ममुग्धताको चरम रूप भएको बताएका छन् । आफैंसँग बिहे गर्नु र बिहे नै नगरी बस्नुमा केही अन्तर नभएको भन्दै उनीहरूले यो हावादारी काम हो भनिरहेका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्