३० जेठ २०८३, शनिबार

कोरोना संक्रमित शहर–बजारभन्दा गाउँमा बढी

असार १, २०७८
कोरोना संक्रमित शहर–बजारभन्दा गाउँमा बढी
प्रतिकात्मक तस्वीर

डोटी जिल्लामा दोस्रो चरणको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा कूल १ हजार २०० जनामा संक्रमण पुष्टि भएको छ । 

तीमध्ये ५० जनाले कोरोना जित्न सफल भएका छन् ।  संक्रमण पुष्टि भएकामा अधिकांश युवा उमेरका व्यक्ति रहेका कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिए । जिल्लाका ग्रामीण भेगमा संक्रमणका बिरामी बढिरहेका बताइएको छ । 

भारतबाट रोजगारी गरी घर फर्किएका नागरिकका कारण जिल्लामा संक्रमण फैलिएको स्थानीयको बुझाइ रहेको छ । डोटीका शहर बजारभन्दा पनि गाउँमा बढी कोरोना संक्रमित भएको कार्यालका मेडिकल सुपरिन्टेन्डेन्ट कृष्ण जोशीले बताए ।

उनले भने, ‘यहाँका शहर बजारमा भएका कोरोना संक्रमित निको भइसकेका छन्, गाउँघरमा कोरोना संक्रमित बढ्दै गएका छन्, गाउँबाट बढी समस्या देखिने अवस्था छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्