०१ असार २०८३, सोमबार

मुख्यमन्त्री राउतले गरे योग शिविरको शुभारम्भ

असार १, २०७८
मुख्यमन्त्री राउतले गरे योग शिविरको शुभारम्भ
फाइल फोटो

मुख्यमन्त्री लालबाबु राउतले सातौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा ७ दिवसीय योग शिविरको शुभारम्भ गरेका छन् ।

पतंजलि योग समिति २ नम्बर प्रदेशले आयोजना गरेको योग शिविरको मुख्यमन्त्री राउतले भर्चुअल प्रविधिमार्फत शुभारम्भ गरे ।

सो अवसरमा उनले अहिलेको व्यस्त जीवनमा आफू स्वस्थ्य रहन योग अपरिहार्य रहेको बताए । योगलाई जनजनमा पुर्‍याउन रामदेवले खेलेको भूमिका एवं विश्वस्तरमा स्थापित गराउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकालाई प्रशंसा गर्दै मुख्यमन्त्री राउतले शहरी क्षेत्रमा मात्र सीमित योगलाई ग्रामीण क्षेत्रसम्म पुर्‍याउनुपर्नेमा जोड दिए ।

समारोहमा प्रदेशसभा सदस्य एवं पतंजलि योग समितिका प्रमुख सल्लाहकार कौशल यादवले स्वस्थ्य जीवनका लागि योगको महत्त्वबारे प्रकाश पारे ।

योग समितिका प्रदेश अध्यक्ष हरिहरलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, पतंजलि योग शिविरका पदाधिकारी सहितको उपस्थिति थियो ।

salt training

कमेन्ट गर्नुहोस्