२४ असार २०८३, बुधबार

सोमालिया : सेनाको तालिम केन्द्रमा बम विस्फोट, १५ जनाको मृत्यु

असार १, २०७८
सोमालिया : सेनाको तालिम केन्द्रमा बम विस्फोट, १५ जनाको मृत्यु

अफ्रिकी मुलुक सोमालियाको राजधानी मोगादिशुमा रहेको एक सैन्य तालिम शिविरमा आत्मघाती बम आक्रमण गरिँदा कम्तीमा १५ जना सैन्य रिक्रुटहरू मारिएका छन् । 

मंगलवार गरिएको आक्रमणमा विस्फोट गराउने व्यक्ति जनरल धेगोबदन सैन्य शिविर बाहिर लाइन लागेर बसेका सैन्य रिक्रुटहरूसँगै उभिएको सैन्य अधिकृत मोहम्मद अदनले बताए । 

‘१५ जना नयाँ रिक्रुटहरू विस्फोटमा मारिएका छन्,’ उनले बताए । मृत्युसंख्या बढ्न सक्ने उनको भनाइ छ । 

घाइतेहरूलाई मोगादिशुस्थित मदिना अस्पताल लगिएको रोयटर्स समाचार संस्थाले खबर दिएको छ । 

आक्रमणको जिम्मेवारी कसैले लिएको छैन तर त्यहाँ सक्रिय इस्लामिक समूह अल–शबाबले यस्ता आक्रमणहरू गराउने गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्