०५ असार २०८३, शुक्रबार

थप २ हजार ७४५ जनामा कोरोना पुष्टि, ४१ संक्रमितको मृत्यु

थप २ हजार ७४५ जनामा कोरोना पुष्टि, ४१ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ७४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार सार्वजनिक गरेको विवरण अनुसार पीसीआर विधिबाट ७ हजार ४४९ र एन्टिजेन विधिबाट ५ हजार ८४१ नमूना परीक्षण गर्दा २ हजार ७४५ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितमध्ये पछिल्लो २४ घण्टामा ४ हजार १८७ जना निको भएका छन् ।

कोरोनाले थप ४१ जनाको मृत्यु भएको छ । कोरोनाले हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ५०६ पुगेको मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्