जोगबुढा क्षेत्रको वर्षामापनमा रातो बत्ती ! बाढीबाट सतर्क रहन अनुरोध

प्रतिकात्मक तस्वीर

डडेल्धुराको जोगबुढा क्षेत्रको वर्षामापनमा रातो बत्ती बलेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार डडेल्धुराको पुन्तुरा र जोगबुढाका वर्षामापन केन्द्रमा मंगलवार राति भारी वर्षामापन गरिएको हो ।


Advertisement

स्थानीय रंगुनखोला लगायत आसपासका साना खोलाहरूमा बाढी आउनसक्ने सम्भावना रहेको हुँदा बिहानसम्मै सतर्क रहन विभागले अनुरोध गरेको छ ।

विभागको सूचनामा उल्लेख छ, ‘असार ०२ गते बिहान १ः३० बजे, डडेल्धुरा जिल्लास्थित गैबडे पुन्तुरा र जोगबुढा वर्षामापन केन्द्रहरूमा पछिल्लो ३ घण्टा भारी वर्षामापन भएकोले रंगुनखोला लगायत आसपासका साना खोलाहरूमा बाढी आउनसक्ने सम्भावना रहेको हुँदा बिहानसम्मै सतर्क रहनुहोला ।’

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्