
सिन्धुपाल्चोकको मेलम्ची र ईन्द्रावती नदीमा आएको बाढीमा फसेका व्यक्तिको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन भएको छ ।
सिन्धुपाल्चोकमा बाढीको विपत्तिपछि नेपाली सेनाको हेलिकप्टर परिचालन भएर उद्धार गरिरहेको सैनिक प्रवक्ता सहायक रथि सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।
बाढी मेलम्ची बजार लगायत क्षेत्रमा प्रवेश गर्दा कतिपय व्यक्ति घरभित्र फसेका छन् । ती व्यक्तिलाई सैनिक हेलिकप्टरले उद्धार गरिरहेको सेनाले जनाएको छ ।
मेलम्ची र ईन्द्रावतीमा आएको बाढीले धेरै क्षति पुर्याएको छ ।