
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीलाई संसदबाट हटाउने ल्याकतसम्म नभएकाहरूले किन राजीनामा भनिरहेका होलान् भनेर प्रश्न गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सल्लाहकार थापाले महाधिवेशन गरेर नयाँ अध्यक्ष र आमचुनाव गरेर प्रधानमन्त्री दिए भइहाल्ने तर्क गरेका छन् ।
थापाले लेखेका छन्, ‘केही मानिसहरू सधै बर्बराउँछन् – केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ ! यो सपनामा कि विपनामा – थाहा पाउँदैनन् । झण्डै डेढ वर्षदेखि फगत बर्बराइरहेछन् । महाधिवेशन गरेर नयाँ अध्यक्ष र आमचुनाव गरेर प्रधानमन्त्री दिए भइहाल्छ ! संसदबाट हटाउने ल्याकतसम्म नभएकाहरूले किन राजीनामा भनिरहेका होलान् ?’
केही मानिसहरू सधै बर्बराउछन्-केपी शर्मा ओलीले राजिनामा दिनुपर्छ!याे सपनामा कि विपनामा- थाहा पाउँदैनन्। झण्डै डेढ बर्षदेखि फगत बर्बराइरहेछन। महाधिवेशन गरेर नयाँ अध्यक्ष र आम चुनाव गरेर प्रधानमन्त्री दिए भइहाल्छ! संसदबाट हटाउने ल्याकतसम्म नभएकाहरूले किन राजिनामा भनिरहेका हाेलान्?
— Surya Thapa (@ThapajiSurya) June 16, 2021