२५ जेठ २०८३, सोमबार

प्रतिनिधि सभा विघटनको मुद्दा : नेपाल बारबाट एमिकस क्युरीमा वैद्य र पाठक चयन

असार २, २०७८
प्रतिनिधि सभा विघटनको मुद्दा : नेपाल बारबाट एमिकस क्युरीमा वैद्य र पाठक चयन

नेपाल बार एसोसिएसनले प्रतिनिधि सभा विघटनको मुद्दामा अदालतको सहयोगी (एमिकस क्युरी)का रूपमा वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल पाठकलाई पठाउने भएको छ ।

वरिष्ठ अधिवक्ताद्वय  वैद्य र पाठकलाई एमीकस क्युरीका रूपमा चयन गरिएको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले लोकान्तरलाई जानकारी दिए ।

​यसअघि सर्वोच्च अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रूपमा पठाउने निर्णय गरिसकेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले सर्वोच्च बार र नेपाल बार एसोसिएसनबाट २-२ जना गरी कुल ४ जना एमिकस क्युरी झिकाउने आदेश गरेको थियो ।

अघिल्लोपटक प्रतिनिधि सभा विघटनको मुद्दामा सुनुवाइ हुँदा नेपाल बारका ३ र सर्वोच्च बारका २ गरी ५ जना एमिकस क्युरीले राय पेश गरेका थिए ।

 

salt training

कमेन्ट गर्नुहोस्