फ्रान्सका मिडफील्डर पल पोग्बाले क्रिस्टियानो रोनाल्डोलाई अनुसरण गर्दै पत्रकार सम्मेलनमा आफूअगाडिको टेबलमा राखिएको हाइनेकन बीयरको बोतल हटाएका छन् ।
हाइनेकन पनि युरोकपको एक आधिकारिक स्पोन्सर हो ।
इस्लाम धर्म मान्ने पोग्बाले आफूअगाडि बीयरको बोतल राखेको मन पराएनन् ।
अल्कोहल समावेश भएको कुनै कुरालाई प्रवर्द्धन गर्न नचाहने मुसलमान खेलाडीहरू पोग्बा जस्तै अरू पनि छन् ।
इंग्ल्यान्डका क्रिकेटरहरू मोईन अली र राशिद खानले पनि सन् २०१९ मा विश्वकप जितेपछि श्याम्पेन समावेश गरिएको सेलिब्रेसनबाट भागेका थिए ।
पोग्बाले आफ्नो धार्मिक आस्थालाई सार्वजनिक रूपमा व्यक्त गर्ने गरेका छन् । कुनै पनि किसिमको अल्कोहल आफूले लिने नगरेको उनको भनाइ छ ।
¡POGBA APLICÓ UN CRISTIANO RONALDO! 😱
— La Octava Sports (@laoctavasports) June 15, 2021
El mediocampista francés retiró una cerveza patrocinadora previo al arranque de la conferencia de prensa
A CR7 no le gusta el refresco y a Pogba la cerveza 👀 pic.twitter.com/cuhgxpxR8j