२२ जेठ २०८३, शुक्रबार

गण्डक ब्यारेजमा पानीको सतह खतराको तहभन्दा माथि

गण्डक ब्यारेजमा पानीको सतह खतराको तहभन्दा माथि

पश्चिम नवलपरासी स्थित गण्डक ब्यारेजमा पानीकाे सतह खतराको लेभलभन्दा माथि पुगेकाे छ ।

अहिले पानीकाे सतह ४ लाख ८ हजार क्युसेक पुगेकाे भूआर्जन तथा जनसम्पर्क कार्यालयका भूआर्जन अधिकारी तारासिंह थापाले बताए ।

ब्यारेज जीर्ण भएका कारण ४ लाख कटेपछि उच्च जाेखिम मानिने  उनले बताए ।

पानीकाे सतह अझै बढे बी ग्याब बाँध फुट्न सक्ने र बस्ती नै डुबानमा पर्ने सम्भावना बढेकाे उनले जानकारी दिए ।

पानीकाे सतह बढेपछि अहिले  नवलपरासीका २० गाउँ जाेखिममा परेका छन् । पानीकाे सतहसँगै जाेखिम बढेपछि ब्यारेजका ३६ वटै ढाेका खाेलिएकाे छ ।

यसैबीच गण्डक ब्यारेज र अन्य खाेलाहरूका कारण डुबान हुन थालेपछि स्थानीयहरूलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेकाे छ ।
 

salt training

कमेन्ट गर्नुहोस्