०१ असार २०८३, सोमबार

राजदूत आचार्यले अस्पताल पुगेर भेटे पूर्व प्रधानमन्त्री खनाललाई

राजदूत आचार्यले अस्पताल पुगेर भेटे पूर्व प्रधानमन्त्री खनाललाई

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले उपचारका लागि नयाँदिल्लीस्थित अपोलो अस्पताल पुगेका पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई भेटेका छन् ।

खनाल र अस्पतालका चिकित्सकलाई भेटेर स्वास्थ्यस्थितिबारे कुराकानी भएको राजदूत आचार्यले जानकारी दिए ।

अपोलो अस्पतालमा बुधवारबाटै खनालको उपचार शुरू भएको आचार्यले सामाजिक सञ्जाल ट्विटरमार्फत जनाए ।

उनले ट्विटरमा लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यूको उपचार प्रक्रिया दिल्लीको अपोलो अस्पतालमा आजैबाट शुरू भएको छ । उहाँसँग र उहाँको उपचारको नेतृत्व गरिरहेका डाक्टरसित भेटघाट र स्वास्थ्यस्थितिबारे कुराकानी भयो । उहाँको शीघ्र सफल उपचारको विश्वास छ र पूर्ण स्वास्थ्यलाभको हार्दिक कामना छ ।’

salt training

कमेन्ट गर्नुहोस्