
होटल सङ्घ नेपाल (हान)ले होटल क्षेत्रमा तत्काल नयाँ तलवमान कार्यान्वयन गर्न नसकिने बताएको छ । हानका अध्यक्ष सृजना राणाको नेतृत्वमा आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमलप्रसाद श्रीवास्तवलाई भेटेर कोरोनाका कारण होटल क्षेत्र नराम्रोसँग थला परेको भन्दै बजेटले व्यवस्था गरेजस्तो श्रमिकलाई तत्काल नयाँ तलवमान कार्यान्वयन गर्न नसकिने बताएको हो ।
हानका प्रथम उपाध्यक्ष विनायक शाहले कोरोनाका कारण तोकिएको तलबमान समेत भुक्तान गर्न नसकेको अवस्थामा वृद्धि गरिएको नयाँ तलवमान तत्काल उपलब्ध गराउन नसकिने बताए । नयाँ तलवमान उपलब्ध गराउन नसकिनेबारे होटल सङ्घ नेपाल र आधिकारिक ट्रेड युनियनबीच समझदारी भइसकेको शाहको भनाई छ ।