
बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत ८ जना सम्पर्कविहीन भएका छन् । यस्तै ७६ जनाको उद्दार भएको छ ।
बेपत्ता हुनेमा तीन चिनियाँ, तीन भारतीय र दुई नेपाली कामदार रहेका छन् ।
कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको खोजी भइरहेको छ ।
निर्माणस्थलमा रहेका ७६ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ र धुलिखेल ल्याइएको आयोजनाले जनाएको छ । उद्धार भएका सबैको अवस्था अहिले सामान्य छ ।
आयोजनाको मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको विवरण प्राप्त भएको आयोजनाले जनाएको छ ।
