०५ असार २०८३, शुक्रबार

१० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गर्ने ५१ वर्षीय बुवा पक्राउ

असार ३, २०७८
१० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गर्ने ५१ वर्षीय बुवा पक्राउ
प्रतिकात्मक तस्वीर

कैलालीमा १० वर्षीया छोरीमाथि जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा प्रहरीले १ जनालाई बुधवार पक्राउ गरेको छ ।

लम्कीचुहा नगरपालिका–२ बघनियाकी १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा ५१ वर्षीय बुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

गत जेठ २७ गते आफ्नै घरमा मृत अवस्थामा फेला परेकी बालिकाको घटना शंकास्पद देखिएकाले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको र विभिन्न व्यक्तिसँग सोधपुछ तथा अनुसन्धान गर्दै जाँदा मृतकका बुवाले २७ गते आफ्नै भैसी गोठमा लगेर जबरजस्ती करणी गरी पोल खुल्ने डरले झुण्ड्याई हत्या गरेको अनुसन्धानका क्रममा खुल्न आएको विष्टले बताए ।
 
मृतकका बुवाविरुद्ध ज्यानसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्