![अमेरिकामा चोरहरूको भाग्य चम्काउने त्यो कानून, दिनदहाडै यसरी हुन्छ चोरी [भिडियो]](https://lktcdn2.prixacdn.net/media/uc_1IBfD80Npm.png)
अमेरिकाजस्तो देशमा चोरहरूको आतंकले १७ स्टोर बन्द गर्नुपरेको खबर पत्याउन गाह्रो पर्ला । तर कोरोना भाइरस संक्रमणको महामारी फैलिएपछि चोरहरूको बिगबिगी बढेको छ ।
कोरोना कहरसँगै बेरोजगार बनेका व्यक्तिहरू दिनदहाडै विभिन्न स्टोरमा घुसेर घुलेआम चोरी गरिरहेका हुन्छन् । स्टोर सञ्चालकहरूसँग रमिता हेरेर बस्नुको विकल्प हुँदैन । चोरी नियन्त्रण गर्ने कुनै उपाय नभएपछि स्टोर नै बन्द गर्नुपरेको छ ।
अमेरिकाको सेन फ्रेसिस्को बहरमा पछिल्लो समय चोरीका घटना ह्वात्तै बढेका छन् । चोरीका घटना यतिसम्म हुने गरेका छन् कि दिनदहाडै गार्डकै सामुन्ने सामान उठाएर लैजाने गरिएको छ ।
अमेरिकामा दिउँसै चोरी भएको घटनासम्म सम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा एक जना व्यक्तिले कालो पोलिथिन झोलामा सामान भरेर साइकलमार्फत स्टोरबाट बाहिरिएका देखिन्छन् । गार्डले रोक्न खोज्दा समेत ती चोरलाई रोक्न सकेनन् ।
चोरहरू आक्रामक बनेपछि त्यहाँको व्यापारिक संस्थाले आफ्ना कर्मचारीलाई चोरमाथि जाइ नलाग्नु भन्ने निर्देशन दिएको छ । चोरहरूले आक्रमण गरेर घाइतेसम्म बनाउन सक्ने भएकाले चोरबाट टाढै बस्न कर्मचारीलाई निर्देशन दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
स्टोरहरूबाट चोरेका सामान चोरहरूले नजिकैका पसलमा बेच्ने गरेका छन् । चोरको आतंक बढ्नुमा अमेरिकामा बनेको एउटा कानूनलाई समेत जिम्मेवार मानिएको छ ।
अमेरिकाको क्यालिफोर्नियामा सन् २०१४ मा बनेको कानून अनुसार ९५० डलरसम्म चोरी गर्नेलाई तुच्छ अपराधको श्रेणीमा राखेर गम्भीर अपराधको रूपमा लिइँदैन । ९५० डलरभन्दा कम मूल्यका सामान चोर्दा गम्भीर अपराध नहुने भएकाले चोरहरूलाई सजिलो भएको बताइन्छ । कोरोना महामारीका बेला बेरोजगार भएकाहरूले चोरीकै सहारा लिन थालेका जनाइएको छ ।
This just happened at the @Walgreens on Gough & Fell Streets in San Francisco. #NoConsequences @chesaboudin pic.twitter.com/uSbnTQQk4J
— Lyanne Melendez (@LyanneMelendez) June 14, 2021