०३ साउन २०८३, आइतबार

महत्त्वपूर्ण निर्णय गर्न आज जसपा उपेन्द्र पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

महत्त्वपूर्ण निर्णय गर्न आज जसपा उपेन्द्र पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र विवाद चर्किएका बेला अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बिहीवार बस्दैछ ।

बिहीवार बिहान साढे ११ बजे पार्टी कार्यालय बालकुमारीमा बोलाइएको बैठकबाट महत्त्वपूर्ण निर्णय हुने जनाइएको छ ।

अर्का अध्यक्ष महन्थ ठाकुरले भने बिहीवार बोलाइएको बैठक अवैधानिक र अनाधिकृत रहेको आरोप लगाएका छन् । बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ठाकुरले बैठकमा सहभागी नहुने आग्रह गरेका छन् ।

यसअघि यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर लगायतलाई कारवाही गरेको थियो । तर निर्वाचन आयोगले कारवाहीलाई मान्यता दिएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्