अफ्रिकी मुलुक बोत्स्वानामाa संसारकै तेस्रो सबभन्दा ठूलो हीरा फेला परेको छ ।
उत्खनन गराउने कम्पनी देबस्वानाका अनुसार, यो हीरा १ हजार ९८ क्यारेटको छ ।
१६ दिनअघि उक्त हीरा बोत्स्वानाका राष्ट्रपति मोकगवेत्सी मसीसीलाई देखाइएको छ ।
देबस्वानाका व्यवस्थापकीय निर्देशक लयनेटे आर्म्सस्ट्रङले यो दुर्लभ र असाधारण हीराबाट बोत्स्वानाको भाग्य पल्टिने दाबी गरेका छन् ।
यस हीरालाई अहिलेसम्म कुनै नाम दिइएको छैन ।
हीरा ७३ मिलिमिटर लामो र ५२ मिलिमिटर चौडा छ ।
सन् १९०५ मा दक्षिण अफ्रिकामा संसारको सबभन्दा ठूलो हीरा फेला परेको थियो । त्यो लगभग ३१ सय ६ क्यारेटको थियो ।
दोस्रो ठूलो हीरा सन् २०१५ मा बोत्स्वानामा फेला परेको थियो । त्यो ११ सय ९ क्यारेटको थियो ।
बोत्स्वाना हीराको शीर्ष उत्पादक देश हो । कोरोनाभाइरस महामारीका कारण थिलथिलो बनेको अर्थतन्त्रलाई उकास्न यस हीराले सहायता गर्ने बताइएको छ ।