२३ जेठ २०८३, शनिबार

भारतीय नहरमा डुवेर बेपत्ता भएका किशोर मृत अवस्थामा फेला

कात्तिक २०, २०७४
भारतीय नहरमा डुवेर बेपत्ता भएका किशोर मृत अवस्थामा फेला

नवलपरासी, २२ जेठ– नवलपरासीमा भारतीय नहरमा डुबेर बेपत्ता भएका एक किशोर आज बिहान मृत अवस्थामा फेला परेका छन् ।

सुस्ता गाउँपालिका–२ बस्ने भगवती हजामको छोरो अन्दाजी वर्ष १६ को कमलेश हजामको भारतीय पश्चिमी नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । उनको शव नहरमा पानी सुकाएर झिकिएको प्रहरीले जनाएको छ ।

नवलपरासीको सुस्ता गाउँपालिकाअन्तर्गत कुडियाको साइफन नजिक भारतीय पश्चिमी नहरमा डुबेर कमलेश बेपत्ता भएका थिए ।

लागुऔषधसहित दुई युवा पक्राउ

नवलपरासीमा इलाका प्रहरी कार्यालय नवलपुरले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती नगरपालिका–८ मा यात्रुबाहक बसबाट लागुऔषधसहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चितवन रत्ननगर–१२ बस्ने वर्ष २५ का गोविन्द प्रधान र काठमाडौँ–१७ क्षेत्रपाटी बस्ने वर्ष २२ का रोहन माली रहेका छन् ।

उनीहरुलाई आइतबार नवलपरासीको त्रिवेणीबाट काठमाडौँ जाँदै गरेको लु १ ख ७९४५ नम्बरको यात्रुबाहक बसबाट लागुऔषधसहित पक्राउ गरिएको हो । उनीहरुको साथबाट नाइट्रोभेट ३०० ट्याबलेट, फेनेरागन २२, डाइजापाम २२ र ३ वटा सिरिन्ज बरामद गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्