काठमाडौं, १३ पुस–नेपाल–चीनबीच संयुक्त सैन्य अभ्यासको चर्चा चुलिएको बेला सरकारले चीनसँग सैन्य अभ्यास नभएको बताएको छ ।

बुधबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी पछिल्लो समय नेपाल–चीनबीच सैन्य अभ्यास नभएको स्पस्ट पारेको हो ।
सन् २०१७ को सुरुवातमा संयुक्त सैन्य अभ्यान हुन लागेको भनि भारतीय मिडियामा खैलाबैला मच्चिरहेको बेला सरकारले शैन्य अभ्यासको कुरै नभएको दाबी गरेको छ ।
मन्त्रालयले नेपाल–चीनबीच हुने भनिएको संयुक्त सैन्य अभ्यास, चीनसँग विगतमा भएको सम्झौताको कार्यान्वयन भएको बताएको छ । परराष्ट्रमन्त्री प्रकाशशरण महतसहभागी पत्रकार सम्मेलनमा चीन र नेपाललाई जोडेर पछिल्लो समय भारतीय र नेपाली सञ्चालमाध्यमा आएका समाचार र रिपोर्टहरुप्रति असन्तुष्टि जनाएको हो ।
भारतीय सञ्चारमाध्यमहरुमा नेपाल र चीनले संयुक्त सैन्य अभ्यास गर्न लागेको समाचार प्रकाशन गरेसँगै चीनको सरकारी सञ्चारमाध्य ग्लोबल टाइम्सले खण्डन गरेको थियो ।
पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रकाशशरण महतले छिमेकी देश (चीन र भारत)सँगको सम्बन्धको विषयमा जुन खालको चर्चा भएको छ त्यो आधारहिन भएको दाबी गरे ।
उनले छिमेकीसँगको सम्बन्धलाई कसरी अघि बढाउने भन्ने सवालमा सरकारलाई राम्रो ज्ञान रहेको भन्दै गम्भीर र संवेदनशील विषयमा अनावश्यक प्रचार नगर्न सञ्चार माध्यमहरुसँग आग्रह गरे ।
मन्त्री महतले चीनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणमा ल्याउन पहल भइरहेको बताए । यस्तै चीनसँगको नाकाहरु सञ्चालनमा ल्याई आपूर्ति सहज बनाउन पनि सरकारले पहल गरिरहेको र यसका लागि दुबैं देशका अधिकारीबीच छलफल निरन्तर कुराकानी भइरहेको उनले बताए ।
उनले भारतसँग बिग्रिएको सम्बन्ध सुधारको क्रममा नेपालमा रहेको भन्दै उनले नेपाल भारत र चीन दुवैसँग राम्रो सम्बन्ध बनाउन चाहन्छ भने ।
उनले सरकार नेपालमा नेपाल र भारत दुबै देशविरुद्धका गतिविधि हुन नदिन प्रतिबद्ध रहेको समेत बताए । यस्तै उनले परिवर्तिन सन्दर्भमा नेपालको परराष्ट्र नीति बदलिनु पर्ने र त्यसका लागि सरकार लागिपरेको पनि बताए ।
तस्वीरः सविन धमलाको फेसबुकबाट