२८ जेठ २०८३, बिहीबार

आजको मौसम : देशका धेरै स्थानमा वर्षा

आजको मौसम : देशका धेरै स्थानमा वर्षा

देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै पश्चिमी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण अहिले देशभर आंशिकदेखि सामान्य बदली रही बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हलका वर्षा भईरहेको छ ।

महाशाखाले शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । यस्तै देशका धेरै स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ। बागमती प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरुमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना पनि छ ।
यस्तै राति पनि दिउँसोको जस्तै अवस्थामा मौसममा रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्