०५ साउन २०८३, मंगलबार

कोपा अमेरिकामा ब्राजिलको सानदार जित, पेरु स्तब्ध

असार ४, २०७८
कोपा अमेरिकामा ब्राजिलको सानदार जित, पेरु स्तब्ध

कोपा अमेरिका फुटबल अन्तरगत नेपाली समयअनुसार शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिल ४–० विजयी भएको छ । प्रतियोगितामा ब्राजिलको यो दोस्रो जित हो ।
ब्राजिल र पेरुबीचको खेलमा  ब्राजिलका लागि  ११ औं मिनेटमै एलेक्स सान्द्रोले गोलको खाता खाले । त्यसपछि ६८ औं मिनेटमा नेयमारले गोल गरे भने यस्तै ८९ औं मिनेटमा एभर्टन रेविरोले गोल गरे ।

यस्तै थपिएको समयको तेस्रो मिनेटमा रिर्चलिसनले थप एक गोल गरे ।  जितसँगै समूह ए मा रहेको ब्राजिल ६ अङ्कसहित शीर्ष स्थानमा छ । लगातार दोस्रो खेल हारेको पेरु अङ्क विहीन छ ।
आजै सम्पन्न कोलम्बिया र भेनेजुएलाले बराबरी खेलेका छन् ।

कमेन्ट गर्नुहोस्