०६ असार २०८३, शनिबार

यसरी आफ्नै स्पेस स्टेसनमा प्रवेश गरे चिनियाँ अन्तरिक्षयात्रीहरू (भिडियो)

असार ४, २०७८
यसरी आफ्नै स्पेस स्टेसनमा प्रवेश गरे चिनियाँ अन्तरिक्षयात्रीहरू (भिडियो)

अन्तरिक्षको महाशक्ति बन्ने महत्त्वाकांक्षा राखेको चीनले आफ्नै स्पेस स्टेसनमा तीनजना अन्तरिक्षयात्री पठाउन सफलता पाएको छ । 

लगभग सात घन्टाको यात्रापछि ती अन्तरिक्षयात्रीहरू स्ेिस स्टेसन पुगेका हुन् ।

चीनले अन्तरिक्ष स्टेसन बनाउनु अनि त्यहाँ आफ्नै अन्तरिक्षयात्रीलाई पठाउनुलाई निकै ठूलो सफलता मानिएको छ । 

यस ऐतिहासिक घटनाको भिडियोमा चिनियाँ अन्तरिक्षयात्रीहरू स्पेस स्टेसनको ढोका खोलेर भित्र पसेको देखिन्छ । 

उनीहरूले आगामी तीन महिना अन्तरिक्षमा विभिन्न किसिमका प्रयोग गर्नेछन् । चाइना म्यान्ड स्पेस एजेन्सीका अनुसार, शनचो१२ अन्तरिक्षयान बिहीवार अपराह्न अन्तरिक्ष स्टेसनको कोर मोड्युल थ्याँहमा सफलतापूर्वक जोडिएको थियो । 

यस यानलाई लंग मार्च–२ एफ रकेटसँगै उत्तरपश्चिम चीनको गोबी मरुभ्ूमिमा रहेको जियुक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट पठाइएको थियो । 

चीनले हालैका दिनमा मंगलग्रह र चन्द्रमा मिसनमा सफलता पाएपछि रणनीतिक रूपमा महत्त्वपूर्ण अन्तरिक्ष स्पेस स्टेसन निर्माण तथा अन्तरिक्षयात्री पठाउने काम गरेको छ । अब अन्तरिक्षबाट विश्वमाथि निगरानी गर्न चीनलाई सहजता हुनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्