काठमाडौं, २२ जेठ– पछिल्लो समय गर्मी असाध्यै बढेको छ । नेपालको तराई क्षेत्रमा गर्मीका कारण जनजीवन प्रभावित भएको छ ।
गर्मीका कारण मानिस मात्र हैन जनावर पनि प्रभावित भएका छन् । गर्मीले बेहाल भएको एक घोडा कारभित्र पसेपछि भारतमा उक्त खबरले हंगामा मचाएको छ ।
यो घटना भारतको जयपुरमा भएको हो । आइतबार दिउँसो लागेको चर्को घाम सहन नसकी जयपुरमा घोडा कारको सीसा तोडेर भित्र छिरेको हो । यो घटनाको तस्वीर तथा भिडियो सामाजिक सञ्चालमा भाइरल बनेको छ ।
सीसा तोडेर कारभित्र पसेको घोटा घाइते हुन पुग्यो । वरपर रहेका मानिसहरुले घोडालाई घाइते अवस्थामा बाहिर निकाले ।