विगत केही वर्षदेखि ग्लोबल वार्मिङ र जलवायु परिवर्तन जस्ता जोखिमका कारण स्वच्छ तथा नवीकरणीय ऊर्जाका विषयमा विभिन्न प्रयास गरिँदैछ ।
यसै सिलसिलामा विगत १० वर्षमा संसारको सबभन्दा ठूलो चुम्बक तयार पारिँदैछ र यसले पृथ्वीलाई परिवर्तन गरिदिन सक्छ ।
यो चुम्बक विशालकाय यन्त्र इन्टरनेसनल थर्मोन्युक्लीयर एक्सपेरिमेन्टल रियाक्टको एक भाग हो । यसले पृथ्वीमा सूर्यको स्तरको ऊर्जा निर्माण गर्न खोजेको छ ।
चुम्बक ५९ फीट लामो छ र व्यास एक फीट छ । चुम्बकको तौल एक हजार टन छ ।
चुम्बकको डिजाइन र निर्माण जनरल एटोमिक्सले गरेको हो । यसले एक हजार फीट लामो तथा एक लाख टनको एयरक्राफ्ट क्यारियरलाई पनि जमीनबाट ६ फीट माथि उठाउन सक्छ ।
यो पृथ्वीको म्याग्नेटिक फील्डभन्दा दुई लाख ८० हजार गुणा बढी शक्तिशाली हुन्छ ।
चुम्बकको नाम सेन्ट्रल सोलेनोयड हो । यसलाई अमेरिकाको क्यालिफोर्नियामा बनाइँदैछ र फ्रान्स पठाइनेछ । यो बनाउन चीन, जापान, कोरिया, भारत, रुस, बेलायत र स्विट्जरल्यान्डबाट पनि लगानी भित्र्याइँदैछ ।
यसको ७५ प्रतिशत काम पूरा भइसकेको छ ।
यसलाई बनाउन २४ अर्ब डलर खर्च हुनेछ ।
यसले पृथ्वीमा फ्युजन ऊर्जा उत्पन्न गर्छ र यसबाट बिजुली निकाल्न सकिन्छ ।
पृथ्वीको सूर्य भनिएको यस मशिनले फ्युजन रियाक्सनलाई लामो समयसम्म मेन्टेन गरेर राख्छ र फ्युजनमा आधारित बिजुली उत्पन्न गर्नका लागि इन्टेग्रेटेड प्रविधिको पनि परीक्षण गर्छ ।
मुख्य कुरा यो स्वच्छ छ र यसबाट कुनै हानिकारक विकिरण उत्पन्न हुँदैन ।