०४ असार २०८३, बिहीबार

महाकाली नदीः सतर्कता अपनाउन  आग्रह

असार ४, २०७८
महाकाली नदीः सतर्कता अपनाउन  आग्रह

केही दिनदेखि लगातारको वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

वर्षाले महाकाली नदी र अन्य खोलामा पानीको बहाव बढेको छ । दार्चुलादेखि बैतडी हुँदै डडेल्धुरा–कञ्चनपुर बग्ने महाकाली नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेका हुन् ।  

बैतडी, दार्चुला र कञ्चनपुरका जिल्ला प्रशासन कार्यालयले महाकाली नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाकालीमा पानीले खतरा सतह पार गरेकाले तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए। “केही दिनदेखि लगातार रुपमा वर्षा भइरहेको छ”, उनले भने, “महाकालीमा पानीको बहाव घटबढ हुने भएकाले तटीय क्षेत्रमा नजान आग्रह छ ।”

महाकालीमा दार्चुलाको दत्तुमा राखिएको जल मापन केन्द्रमा जल सतहले खतराको सतह पार गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उक्त नदीमा आज बिहान पानीको बहाव बढेर ५८० सेन्टिमिटर पुगेको दत्तु प्रहरी चौकीले जनाएको छ । 

साथै लगातार वर्षा भइरहेकाले जिल्लाका अन्य खोलामा पनि बाढी आउनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । बैतडीको दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका महाकाली नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरिएको हो ।   
 

salt training

कमेन्ट गर्नुहोस्