२४ जेठ २०८३, आइतबार

आधा घण्टाका लागि स्थगित भयो गण्डकी प्रदेश सभाको बैठक

आधा घण्टाका लागि स्थगित भयो गण्डकी प्रदेश सभाको बैठक

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिनको लागि बसेको प्रदेश सभाको बैठक आधा घण्टाको लागि स्थगित भएको छ ।

मुख्यमन्त्री पोखरेलले राखेको प्रस्ताव माथिको छलफल सकिएपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

छलफलमा भाग लिँदै निवर्तमान मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले अहिलै पोखरेललाई विश्वासको मत दिन नसक्ने बताए ।

‘अर्को पटक विश्वासको मत लिने परिस्थिती भएछ भने सोचौंला, अहिले दिन सकिदैन’ गुरुङले भने । आधा घण्टाका लागि भन्दै पौने ३ बजे स्थगित भएको बैठकमा मुख्यमन्त्री पोखरेलले जवाफ दिएपछि मतविभाजन हुनेछ ।

एमाले बाहेक नेकपा माओवादी, जसपा र जनमोर्चाले मुख्यमन्त्री पोखरेललाई भोट दिने बताएका छन् । गठबन्धनसँग अहिले बहुमत कायम छ । 
 

salt training

कमेन्ट गर्नुहोस्