२६ जेठ २०८३, मंगलबार

कर्णालीका तीन मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन

कर्णालीका तीन मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन

नेकपा एमालेले माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाही नेतृत्वको सरकारमा सहभागि तीन मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिएको छ ।

शुक्रवार बसेको संसदीय दलको बैठकले तीन मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिएको मुख्य सचेतक गुलावजंग साहले लोकान्तरलाई जानकारी दिए । 

बैठकले सरकारमा सहभागि अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदबाट राजीनामा गर्न निर्देशन दिएको हो ।

‘सर्वोच्च अदालतले सांसद पुर्नवहाली गरिदिएको सन्दर्भमा सरकार छाडेर आउन तीनजना माननीयलाई निर्देशन दिएका छौं, यतिदिन भित्र भनर समय सिमा तोकिएको छैन’ साहले लोकान्तरसँग भने । 

गत वैशाख ३ गते प्रकाश ज्वाला सहित एमालेका ४ सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई मतदान गरेका थिए । त्यसको केही समयपछि एमालेले उनीहरुलाई सांसद पदबाट हटाएको थियो । 

सांसद पदबाट हटेका ४ मध्ये ज्वाला बाहेकका तीनजना मन्त्री बनेका छन् । सर्वोच्च अदालतले केही दिन पहिले उनीहरुको सांसद पद जोगाइदिएको थियो । सांसद पद बहाल भएपछि प्रकाश ज्वाला संसदीय दलको बैठकमा सहभागि भएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्