०२ असार २०८३, मंगलबार

नारायणीको बाढी पस्न नदिन तटबन्धका लागि बजेट माग

असार ४, २०७८
नारायणीको बाढी पस्न नदिन तटबन्धका लागि बजेट माग

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग भरतपुर महानगरपालिकाका नारायणी तटीय क्षेत्रका वासिन्दाले बस्तीमा पानी पस्ने समस्याको दीर्घकालीन समाधान गर्न माग गरेका छन् । 

महानगरपालिका–२७ को न्युरे चोक, वडा नम्बर २६ को सिस्वार र वडा नम्बर १७ को गाँजपुरस्थित तटीय क्षेत्रमा बिहीवार अवलोकन गर्न आएका मुख्यमन्त्री पौडेललाई स्थानीयले जथाभावी ढुंगा र बालुवा उत्खनन् हुँदा नदी सरेर बस्तीतिर आएको गुनासो गरेका थिए ।

असार १ गतेको वर्षाका कारण बस्तीमा बाढी छिरेर भौतिक क्षति पुर्‍याएको थियो । 

सो अवसरमा मुख्यमन्त्री पौडेलले बस्तीमा बाढी पस्नबाट रोक्न तत्कालका लागि तटबन्धन गर्न बजेट छुट्याइने बताए । वर्षा सकिएपछि दीर्घकालीन योजना बनाएर तटबन्धनको काम अघि बढाउनेबारे छलफल गरिने उनको भनाइ थियो । 

सो अवसरमा प्रदेश सांसद विजय सुवेदी र कृष्ण भुर्तेल, नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, चितनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल, विभिन्न वडाका अध्यक्ष लगायतको उपस्थिति थियो । 

salt training

कमेन्ट गर्नुहोस्