×

NMB BANK
NIC ASIA

एमाले विवाद सहमति उन्मुख

कहाँ पुग्यो एमालेभित्र सहमतिका लागि भइरहेको प्रयास ?

देउवाको पक्षमा गरिएका हस्ताक्षर फिर्तामा गएर अड्कियो एमालेको एकता !

असार ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा (एमाले)लाई जेठ २ (०७५ जेठ ३ मा माओवादीसँग पार्टी एकता गरेर नेकपा गठन गर्नुभन्दा पहिलेको अवस्था) मा फर्काउने प्रयास अन्तिम चरणमा पुगेको सहमतिका लागि क्रियाशील दोस्रो पुस्ताका नेताहरुले दावी गरेका छन् । अधिकांश विषयमा सहमति नजिक पुगेपनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्तामा गएर कुरा अड्किएको उनीहरुको भनाइ छ ।

Muktinath Bank

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाई हुनु अगावै सहमतिको लागि भरपूर कोशिस भइरहेको नेताहरु बताउँछन् । यसअघि एमाले विवाद सहमति उन्मुख भएको समयमा कर्णालीका भएको फ्लोर क्रस, वैशाख २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन अनुपस्थिति र बागमती प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारलाई मत दिएपछि भाँडिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर बुझाउने र जेठ ७ मा प्रतिनिधि सभा विघटन भएपछि पुनःस्थापनाको मागसहित माधव नेपाल पक्षका २३ जना सांसद सर्वोच्च अदालत गएपछि एमाले विवाद फेरि उत्कर्षमा पुग्यो । त्यसका बावजुद पार्टी एकता जोगाउन भन्दै दोस्रो पुस्ताका नेताहरु क्रियाशील छन् । बिहीवार र शुक्रवार पनि दुवै पक्षका प्रभावशाली नेताहरु छलफलमा जुटेका छन् ।


Advertisment
Nabil box
Kumari

निरन्तर संवादमा रहेका एमालेका एक नेताले माधव नेपाल पक्षका सांसदहरुले देउवाको पक्षमा गरेका हस्ताक्षर फिर्ताको विषयमा सहमति जुट्न नसकेको जानकारी दिए । ‘हामीले देउवाको पक्षमा गरिएका हस्ताक्षर फिर्ता गरेपछि स्थिति धेरै सकारात्मक बन्छ भनेर जोड गरिरहेका छौं, उहाँहरु त्यो निर्णयमा पुग्न सक्नु भएको छैन,’ वार्तामा सहभागि ती नेताले लोकान्तरसँग भने ।

Vianet communication
Laxmi Bank

सहमतिको प्रयास भन्दै दोस्रो तहका नेताहरुले पछिल्लो समय फेरि अनौपचारिक भेटवार्तालाई तीब्र बनाएका छन् । पार्टी एकताका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेठ २३ गते गरेको आह्वान पछि दोस्रो तहका नेताहरुले पटक पटक छलफल गरिरहेका छन् ।

शुक्रवार पनि ललितपुरको एक होटलमा नेताहरुबीच झण्डै दुई घण्टा छलफल भएको थियो । छलफलमा संस्थापन पक्षको तर्फबाट स्थायी कमिटी सदस्य विष्णु पौडेल र सुवास नेम्वाङ तथा माधव नेपाल पक्षबाट गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल सहभागी थिए । खनाल–नेपाल पक्षका अर्का नेता भीम आचार्य पनि कुनै बैठकमा सहभागी भएका थिए ।

‘पार्टी एकताको पक्षमा हामी औपचारिक अनौपचारिक छलफलमा निरन्तर जुटेका छौं, यो प्रयास निरन्तर जारी रहन्छ’ शुक्रवारको छलफलबारे स्थायी कमिटी सदस्य सुवास नेम्वाङले लोकान्तरसँग भने । सहमति भएका र सहमति हुन नसकेका विषयमा उनले थप केही खुलाएनन् ।

अध्यक्ष ओलीले ‘जेठ ३ पूर्वको अवस्था’मा फर्किन तयार रहेको भन्दै पूर्वशर्तको रुपमा देउवाको पक्षमा गरिएका हस्ताक्षर फिर्ता गर्नुपर्ने बताएका थिए । ओलीको एकताका लागि गरेको ६ बुँदे प्रस्तावसहितको आह्वानले माधव नेपाल समूहमा हलचल पैदा गरेको छ ।

‘हामीहरूको बटमलाइन जेठ २ मा फर्किनु पर्ने भन्ने थियो, यसअघि जेठ २ मा फर्किन नसकिने अडान राखेको संस्थापन पक्ष सहमत भएपछि हामी पनि लचिलो बन्नु पर्छ भन्ने बलियो मत छ,’ नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले भने ।

तर, कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा नेता नेपालले हस्ताक्षर फिर्ता नगर्ने स्पष्ट पार्दै आएका छन् ।

हस्ताक्षर फिर्ता गर्न प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता गर्नुपर्ने नेपालको शर्त छ । प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता गर्नुपर्ने नेपाल पक्षको शर्त संस्थापन पक्षले स्वीकार गरेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार सर्वोच्च अदालतमा पेश गरेको जवाफमा उनले प्रतिनिधि सभा विघटनबारे राखेका अडानले पनि त्यो निर्णय फिर्ताको सम्भावना नरहेको संस्थापन पक्षको विश्लेषण छ ।

‘कुल’ बन्दै दोस्रो पुस्ताका नेता

यसअघि उग्र अभिव्यक्ति दिँदै आएका नेपाल समूहका एकाध बाहेक अधिकांश नेताहरुले नरम कुरा गर्न थालेका छन् । विवाद उत्कर्षमा पुगेको समयमा प्रदेशहरूका अविश्वासको प्रस्ताव र फ्लोर क्रसको अवस्था आएकोमा पछिल्लो समय दुवै पक्ष एक ढिक्का भएर सरकारका नीति तथा कार्यक्रम पारित भएका छन् ।

प्रदेश १, बागमती प्रदेश र लुम्बिनीमा नेपाल पक्षका सांसदले पक्षमा मत दिँदा सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएका छन् । उता फ्लोर क्रस गरेवापत कारवाहीमा परेका नेपाल पक्षका केन्द्रीय सदस्य प्रकाश ज्वाला संसदीय दलको बैठकमा सहभागी भएका छन् । स्थायी कमिटी सदस्य योगेश भट्टराईले एकताको मूल जड दुवै पक्षका शीर्ष नेता भएको भन्दै सामाजिक सञ्जालमा स्टाटस नै लेखेका थिए ।

‘विवाद मिलाएर पार्टीलाई एकताबद्ध बनाउनु पर्छ भन्ने तल्लो तहका कार्यकर्ताको पनि दवाव छ, यसको असर प्रदेशहरूमा देखिन थालेको छ’ नेपाल पक्षका ती सदस्यले भने । उपचारका लागि दिल्ली जानु अघि वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकताका लागि गरेको अपीलका कारण पनि माधव नेपाललाई सहमति गर्न दवाव परेको छ ।

सहमति जुट्नमा विश्वासको संकटले पनि कारक बनेको छ । जस्तो कि ओलीले ‘जेठ ३ गते पूर्वको अवस्था’ भनेकोमा माधव नेपाल पक्षले निःशर्त जेठ २ मा फर्किनु पर्ने कुरा गरिरहेको छ । ओलीको अपीलमा यसअघि भए गरेका गल्तीको लागि कार्वाही नगरिने भन्ने उल्लेख छ । नेपाल पक्षले भने विगतमा गरिएका कार्वाहीको कुरा उठाइरहेको छ ।

एमाले प्रवक्ता प्रदीप ज्ञवाली ओलीले जेठ २३ गते जारी गरेको अपिल नै एकताको आधार भएको दावी गरे । ‘एकताको मुख्य आधार अस्ति अध्यक्षले जारी गर्नु भएको अपील नै हो । जसमा उहाँले नेकपा एकीकरण पूर्वको अवस्था छ, २०७५ जेठ ३ को अवस्थामा फर्केर नयाँ ढंगले अगाडी बढ्न सकिन्छ र यसबीचमा भएगरेका गल्ती कमजोरीका निम्ती कसैलाई पनि कार्वाही नगरिने, कसैप्रति पूर्वाग्रह नराखिने कसैप्रति विभेद नगरिने भनेर उहाँले बहुत प्रष्ट ढंगले त्यो आश्वासन गर्नुभएको छ’ लोकान्तरसँगको कुराकानीमा ज्ञवालीले भने ।

अहिले भइरहेका अनौपचारिक संवादले सहमतिको खाका तयार गरेपछि अध्यक्ष केपी शर्मा ओली र नेता नेपाललाई एकै ठाउँमा राखेर सहमतिका लागि बाध्य पारिने नेपाल पक्षकै एक नेताले दावी गरे । देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता हुन सकेमा एमाले विबादमा अर्को ‘ब्रेक थ्रु’ हुने उनको विश्वास छ ।

अन्य विषयमा सहमति भएमा पूर्व माओवादीबाट एमालेमा आएका रामबहादुर थापा लगायत नेताहरुलाई ससम्मान स्थान दिनपनि छलफलमा रहेका नेपाल पक्षका नेताहरु सहमत छन् । नेताहरुबीच सहमतिको प्रयास नजिक पुगेको भन्दै असार २ गतेको लागि राख्ने तय भएको बैठक पनि पर सारिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x