गोरखा जिल्लामा असार १२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिएमसी) को आज बसेको बैठकले भोलि राति १२ बजेदेखि थप हुने गरी पुनः सात दिन निषेधाज्ञा थप गरेको हो ।
जिल्लामा गत वैशाख २२ गतेदेखि लागू गरिएको निषेधाज्ञा पटक–पटक गरी यो पाँचौँ पटक थप गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए । चौथो पटक थपिएको निषेधाज्ञाको अवधि आज राति १२ बजे सकिँदैछ ।