०६ असार २०८३, शनिबार

राष्ट्रपतिद्वारा बाढीपहिरो प्रभावितको बसोबास र उपचारमा कुनै कसर नराख्न निर्देशन

राष्ट्रपतिद्वारा बाढीपहिरो प्रभावितको बसोबास र उपचारमा कुनै कसर नराख्न निर्देशन

राष्ट्रपति विद्यादेवी भण्डारीले मनसुनको शुरुवातसँगै भएको वर्षाका कारण देशका विभिन्न भागमा बाढी‚ पहिरो र डुबानबाट पुग्न गएको क्षति तथा नेपाल सरकारद्वारा भइरहेका विपद् प्रतिकार्यबारे गृह मन्त्रालय‚ राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका प्रमुखहरूबाट जानकारी लिएकी छन् ।

गृहमन्त्री खगराज अधिकारी‚ गृह सचिव महेश्वर न्यौपाने तथा राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले राष्ट्रपतिसमक्ष मनसुनजन्य विपद्का कारण भएको भौतिक तथा मानवीय क्षति‚ प्रभावितहरूको खोजी तथा उद्धार एवं सरकारद्वारा सञ्चालन गरिएका राहत एवं पुनर्स्थापनाका कामहरूको बारेमा जानकारी गराएका थिए ।

 राष्ट्रपति समक्ष प्राकृतिक विपद् न्यूनीकरणसम्बन्धी विविध पक्षहरू जानकारी गराइएको उक्त कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल तथा प्रहरी महानिरीक्षक शैलेश थापाको समुपस्थिति रहेको थियो ।

कार्यक्रममा  सम्माननीय राष्ट्रपतिले बाढी‚ पहिरो र डुबानबाट प्रभावितहरूको खोजी तथा उद्धारमा संलग्न सुरक्षाकर्मीहरूको सराहना गर्दै विपद्को समयमा गरिने खोजी तथा उद्धार‚ विपद्पश्चा्त् गरिने राहत‚ पुनर्स्थापना, उपचार र पुनर्निर्माणका कामहरूको साथसाथै विपद्‍ जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा समेत सरकारले विशेष ध्यान पुर्यामउनु पर्ने बताइन् ।

 साथै उनले विकासका लागि भौतिक संरचनाहरू निर्माण गर्दा भूकम्प‚ बाढी‚ पहिरो‚ चट्याङ र डढेलो जस्ता प्राकृतिक जोखिमहरूलाई समेत ध्यान दिनुपर्ने कुरामा जोड दिइन् ।  यस सन्दर्भमा गृह मन्त्रालयले सम्बन्धित अन्य मन्त्रालय र निकायहरूसँग समेत समन्वय गरी कार्य गर्न उनले सुझाव दिएको राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्