माघ ३, २०८०
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
कोरोना (कोभिड–१९) सङ्क्रमितको मनोबल बढाउन स्वास्थ्यकर्मीले सङ्गीत चिकित्सा विधि अपनाउने गरेका छन् ।
कीर्तिपुरस्थित आयुर्वेदिक अनुसन्धान तालिम केन्द्रको आइसोलेसन सेन्टरमा दैनिक दुई पटक नाचगान गरी रमाइलो गरिँदै आएको छ । एचडीयू (हाई डिपेन्डेन्सी युनिट)मा रहेकादेखि सामान्य अवस्थाका सङ्क्रमितका लागि सङ्गीत चिकित्सा गर्ने गरेको चिकित्सक अनिश धामीले जानकारी दिए ।
उनले सङ्क्रमित मानसिक रूपमा कमजोर हुने भएकाले उनीहरूको मनोबल बढाउन म्युजिक थेरापीले सहयोग गर्ने बताए ।
केन्द्रमा कोरोना उपचारमा संलग्न नर्स दुर्गा सिलवालले हरेक बिरामीलाई सङ्गीत थेरापीले राम्रो प्रभाव पारेको बताए । “कति बिरामी कोभिड भयो भनेर आत्तिने हुन्छन्, हामीले यो रोगसँग लड्ने हो, डराउने होइन । मनोरञ्जन गर्नुपर्छ । यसले आत्मबल बढाउनुको साथै मानसिक समस्यालाई पनि समाधान गर्न मद्दत गर्छ”, उनले भने।
केन्द्रमा अहिले सङ्क्रमित सङ्गीत थेरापीमा अभ्यस्त र आकर्षित भएका छन् । नर्स सिलवालले भने, “म्युजिक छैन भनेर बिरामीले नै सोध्छन् । नाच्न नसक्नेहरू म्युजिक सुनेर पनि आनन्द लिने गर्छन् । नाचेपछि व्यायाम पनि हुन्छ भनेर नचाउँछौँ ।”
विश्वमा स्वास्थ्योपचारका विभिन्न पद्धतिमध्ये सङ्गीत चिकित्सा (म्युजिक थेरापी) पनि एक राम्रो माध्यम हो । यसले हाम्रो स्वास्थ्यमा मात्र नभई जीवनशैलीलाई नै आनन्ददायी र सुखमय बनाएर जीवनलाई सरल र स्वस्थ बनाउने केन्द्रका निर्देशक रामआधार यादवले बताए । उनले भने, ‘‘गन्धर्व वेदअनुसार सङ्गीतमा सात स्वर हुन्छन् । यिनै सात स्वरको सम्मिश्रणबाट सबै प्रकारका रागको निर्माण हुन्छ । यसबाट शरीर र मन स्वस्थ रहन्छ ।”
सङ्गीत चिकित्सामा शारीरिक तथा मानसिक दुवै पक्षमा सकारात्मक प्रभाव पार्ने शक्ति भएका कारण रोगीको रुचिअनुसारको सङ्गीत सुनाएर शारीरिक तथा मानसिक समस्या समाधान गर्न सकिने डा. यादवले बताए । गोरखापत्र दैनिकमा यलु जोशीले खबर लेखेकी छन् ।
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...