१५ असार २०८३, सोमबार

'तान्त्रिक बाबा'को माया जालमा ३२ युवती, ५ जनासँग विवाह, छैटौं विवाह गर्न लाग्दा पक्राउ !

असार ५, २०७८
'तान्त्रिक बाबा'को माया जालमा ३२ युवती, ५ जनासँग विवाह, छैटौं विवाह गर्न लाग्दा पक्राउ !
सांकेतिक तस्वीर

इन्टरनेटको माध्यमबाट मानिसले केसम्म गर्न सक्दैन ?

यहाँ एक यस्तो घटनाबारे चर्चा गरिएको छ, जहाँ इन्टरनेटकै माध्यमबाट एक व्यक्तिले ३२ युवतीसँग प्रेम गरिसकेको र ५ युवतीसँग विवाह गरेका छन् । 

ती व्यक्तिले अहिले छैटौँ विवाह गर्न लागेको पाइएको छ । 

यो घटना भारतको कानपुरको हो । ती बाबा अनुज कठेरिया नामका व्यक्तिलाई अहिले कानपुर प्रहरीले पक्राउ गरेको छ । 

ती व्यक्तिले अनलाइन विवाह सम्बन्धी वेवसाइट शादी डटकममा अलग अलग प्रोफाइल बनाएर युवतीहरूलाई आफ्नो जालमा पार्ने गरेको समेत कानपुर प्रहरीले खुलाएको छ । 

आरोपितले कतै तान्त्रिक बाबा त कतै व्यापारी तथा शिक्षक बनेर युवतीसँग सम्पर्क गर्ने गरेको बताइएको छ । 

आरोपितले कल्याण सेवा ट्रस्ट समेत सञ्चालन गरेको पाइएको बताइएको छ । 

कानपुर प्रहरीले एक प्रेस विज्ञप्ति जारी गर्दै उनको सार्वजनिक गरेका हुन् । 

उनको गिरफ्तारी भने ५ औं पत्नीको उजुरीको आधारमा गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीले आरोपितले फिल्मी शैलीमा विवाह गरेको तथा युवतीहरूलाई फसाएको पाइएको समेत जनाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्